करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

current

पाल्पा, ५ भदौ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी पुनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि लागिएकोमा आज विहान ३ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर अर्को एक जना घाइते भएका छन् । सोही स्थानका ५२ वर्षका झमान सिंह पुन करेन्टर लागेर घाइते भएका हुन् । विहिबार रातीआएको हावाहुरीका कारण विद्युत् सर्ट भई पुनलाई करेन्ट लागेको थियो । उनको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);