कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

वीरगञ्ज, ५ भदाै । वीरगञ्जमा कोरोना संक्रमणबाट फेरि थप एक जनाको मृत्यु भएको छ l वीरगञ्ज महानगरपालिका वडा नं.१० रानीघाट बस्ने ४८ वर्षीय पुरुष काेराेना संक्रमणबाट ज्यान गएकाे हाे ।

अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उनको उपचारको क्रममा शुक्रवार दिउँसाे करिब सवा एक बजेकाे समयमा मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनुभएको छ । मृत्यु भएका व्यक्ति मुटु रोगले ग्रसित रहेको पनि डा.सिंहले जानकारी दिनुभयो ।

मृतक गत साउन ३१ गते बिरामी भएर नारायणी अस्पतालकाे आइ.सि.युमा भर्ना भएका थिए । भने २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पी.सी.आर रिपोर्ट पोजिटिभ देखिए पछि उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।

आइ.सि.यूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिए पछि भेन्टिलेटरमा राखिएको थियो । यो सहित वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । साउन महिनामा मात्रै २९ जनाको मृत्यु भएको थियाे ।

वीरगञ्जमा अहिले सम्म कोरोनाका कारण मृत्यु भएका ३३ जना मध्ये पर्साका २५ , बाराका ५ र रौतहटका २ जना रहेका छन् । जेठ ३१ गते बिरगंजको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने अहिले सम्पम हिचान हुन सकेकाे छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);