थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३० हजार नाघ्यो

corona-test

काठमाडौं, ५ भदौ । नेपालमा थप ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

शुक्रबार देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, बागमती प्रदेशमा ३ हजार १ सय ६० र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन्।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २ दिनयता आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढिरहेको डा गौतमले बताउनुभयो । प्रदेश नम्बर १ मा १६, प्रदेश नम्बर २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नम्बर ५ मा १३ गरी १ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत छन् । यस्तै बागमती प्रदेशमा १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

शुक्रबार २ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर १ मा १ हजार २ सय २७, प्रदेश नम्बर २ मा ४ हजार ४, बागमती प्रदेशमा ७ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ५६, कर्णाली प्रदेशमा १ हजार ९ सय ७१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार क्वारेन्टीनमा १२ हजार २ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ५ सय १, प्रदेश नम्बर २ मा १ हजार ४ सय १, बागमती प्रदेशमा १ हजार १ सय ६२ र गण्डकी प्रदेशमा २ हजार ६ सय ९८ जना क्वारेन्टीनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७९, कर्णाली प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना क्वारेन्टीनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);