नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, थप १ हजार २२१ जनामा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, थप १ हजार २२१ जनामा संक्रमण

coronavirus test

काठमाडौं, १४ भदौ । पछिल्लो २४ घन्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएको संक्रमितको संख्या यो हालसम्मकै उच्च हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । प्रदेश नम्बरमा १ मा १ हजार २ सय ४७, प्रदेश नम्बर २ मा २ हजार १ सय २, बागमती प्रदेशमा ४ हजार ३ सय ७० र गण्डकी प्रदेशमा ४ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ६० र सुदूरपश्चिम प्रदेशमा ९ सय ५६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १७ जना, प्रदेश नम्बर २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १६ जना गरी १ सय ४४ जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा ३ जना , बामगती प्रदेशमा १२ र प्रदेश नम्बर ५ मा २ गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बरमा १ मा ४ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २, बागमती प्रदेशमा १ हजार ९ सय ५० र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ८०, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना रहेका छन् ।

आइतबार २ सय ६७ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बरमा १ मा १ हजार ५ सय ६९, प्रदेश नम्बर २ मा ४ हजा।र ७ सय ४३, बागमती प्रदेशमा १ हजा २३ र गण्डकी प्रदेशमा १ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ४९, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ गरी आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन । देशभरीका क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);