थप १४ सय ९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

थप १४ सय ९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो

काठमाडौं, ८ असोज । पछिल्लो २४ घन्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १४ सय ९७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

बिहीबार देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बागमती प्रदेशमा ५ हजा ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना गरी देभरी संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बागमती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।

बिहीबार ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५ कर्णाली प्रदेशमा २ हजा ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);