थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

corona-test

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घन्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

पीसीआर विधिबाट १० हजार २ सय २९ जना परीक्षण गरिएको छ । शुक्रबारसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ५२ प्रदेश नम्बर २ मा १ हजार ७ सय ७९, बागमती प्रदेशमा ३ हजार ९ सय २८ र गण्डकी प्रदेशमा ४ सय २७ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४४, कर्णाली प्रदेशमा ३ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ६२, बागमती प्रदेशमा १ हजार ६ सय १६ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना रहेका छन् ।

आइसियुमा १ सय ६४ जना उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ४१ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमतीमा ८१ जना, गण्डकीमा ३ र प्रदेश नम्बर ५ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २२ जना जना रहेका छन् ।

शुक्रबार १ सय ६९ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १ हजार ५ सय ३६, प्रदेश नम्बर २ मा ४ हजार ५ सय १७, बागमती प्रदेशमा ९ सय ६६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ८, कर्णाली प्रदेशमा २ हजार २९ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ९८ गरी देशभरी २० हजार २ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

क्वारेन्टीनमा प्रदेश नम्बर १ मा ७ सय ९५, प्रदेश नम्बर २ मा ९ सय २५, बागमती प्रदेशमा ७ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १, कर्णाली प्रदेशमा ४ सय ४१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय ५० जना गरी देशभरी क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);