थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ असोज । आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देिखएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ । प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);