नेपालमा एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालमा एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ भदौ । पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

बिहीबार देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३ र गण्डकी प्रदेशमा ४ सय ११ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ८३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २८ र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

बिहीबार प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश नम्बर ५ मा १८ जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

बिहीबार ५ सय ६९ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४ सय ९१, प्रदेश नम्बर २ मा ४ हजार ४ सय ५८, बागमती प्रदेशमा ९ सय ४६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ७० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय २, कर्णाली प्रदेशमा २ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ गरी देशभरी २० हजार ७३ जना संक्रमित निको भएर घर फर्किएका छन । आज देशभरीका क्वारेन्टीनमा ९ हजार ४ सय ४८ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा ९ सय २, प्रदेश नम्बर २ मा ९ सय २३, बागमती प्रदेशमा ७ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ६६ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६, कर्णाली प्रदेशमा ५ सय १ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३६ जा क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);