थप ९ सय ८० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थप ९ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौं, २१ भदौ । नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा१ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);