२४ घन्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२४ घन्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ भदौ । नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बागमती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन । आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ । यस्तै भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ ।

आज डिस्चार्ज ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन्। यस्तै प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ७१, बागमती प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन्। आज क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);