थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

coronavirus test

काठमाडौं, १० भदौ । पछिल्लो २४ घन्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ सय ५५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

बुधबार ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।

बुधबार देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् ।

त्यस्तै क्वारेन्टीनमा ९ हजार ८ सय ३२ जना रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);