नेपालमा थप दुईजना कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालमा थप दुईजना कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

coronavirus test

काठमाडौं, ११ वैशाख । बिहीबार थप दुईजना कोरोना संक्रमित भेटिएको छ । उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरुमा उदयपुरका ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय किशोरमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

यस्तै बिहीबार नै थप दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएका हुन् । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । यो सँगै निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ । यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो ।

अहिले देशभरी १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);