थप तीन जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

coronavirus test

काठमाडौं, १७ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ । बुधवार बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५७ पुगेको हो ।

नारायणी प्रादेशिक अस्पतालका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका –२ छपकैयाका १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । गत आइतबार वीरगन्ज महानगर –३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याइइएको थियो । तीनै जना इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका व्यक्ति भएको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको हो । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);