नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा गर्दा ७६० जनामा संक्रमित पुष्टि भएको हो ।दुई हजार ५८९ जनाको पिसिआर परीक्षणमा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधिमा एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९६९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);