नुवाकोटमा निषेधाज्ञाको सामान्य प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नुवाकोटमा निषेधाज्ञाको सामान्य प्रभाव

नुवाकोट । नुवाकोटमा मंगलबारदेखि जारी गरिएको निषेधाज्ञाको प्रभाव सामान्य परेको छ । कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गरेको नुवाकोट प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि बैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको छ ।

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेकका सवारी साधन समेत संचालन भएका छैनन् । यस्तै जिल्ला बाहिरबाट प्रवेश गरेकाहरुलाई अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिएसँगै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको छ । निषेधाज्ञा निरिक्षणमा खटाइएको प्रहरी टोलीले निषेधाज्ञाको पहिलो दिनमै अवज्ञा गरी चलाइएका सवारी साधनसहित मानिसलाई होल्डमा राखेका छन् ।

होल्डमा राखिएका सबैलाई सम्झाई बुझाई गरी अत्यावश्यक बाहेक हिडडुल नगर्न सुझावसहित छोडिएको छ । यसैबीच नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको २ सय ५७ पुगेको हो । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ पुरुष र १६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये विदुर नगरपालिकाका ३२ जना,किस्पाङ गाउँपालिकाका ९ जना लिखु गाउँपालिकाका ८ जना, बेलकोटगढी नगरपालिकाका ५ जना रहेका छन् । यस्तै सुर्यगढी गाउँपालिका,दुप्चेवर गाउँपालिका,तादी गाउँपालिका र म्यागङ गाउँपालिकाका समान एक÷एक जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);