भारतद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग

23 ton medicine sahayog

काठमाडौं, १० वैशाख । कोरोना विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गर्नुभएको हो ।

औषधी हस्तान्तरणक्रममा भारतीय राजदुत क्वात्राले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरणिय रहेको बताउनुभयो ।

सहयोग सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि भारतले नेपाललाई सहयोग गर्न गर्छ भन्ने उदारहण दिएको बताउनुभयो ।

भारत सरकारले विभिन्न १८ किसिमका २३ टन औषधि नेपाललाई दिएको हो । यसैबीच बुधबारनै चीनको तिब्बत सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

तिब्बत सरकारले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिइ र एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);