नेपालमा ३१ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएर घर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा ३१ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएर घर फर्किए

ppe

काठमाडौं, ७ वैशाख । विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको हो ।

बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षिय युवा पनि निको भएर घर फर्किएका छन । गत चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो । चीनबाट आएका कोरोना संक्रमित यसअघि नै निको भएर घर गइसकेका छन । मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएकोमा २७ जना उपचाररत रहेका जानकारी दिनुभयो । शनिबार उदयपुरमा एकजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।

प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको छ ।उहाँले प्रदेशहरुमा परीक्षणका लागि थप किटहरु पठाइएको जानकारी खिनुभयो ।भेरी अस्पतालमा पनि आइतबारबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । यो सँगै देशभरी १५ वटा अस्पतालबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ । अहीलेसम्म देशैभरी क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);