सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

sulav chowdhary

काठमाडौं, ७ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई आइतवार थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा अग्रवाल गत चैत २५ गते पक्राउ परेका थिए ।

शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाल नेपालका लागि किर्गिजस्नतानका अवैतनिक दुतसमेत रहेका छन । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै उनी पक्राउ परेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);