थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

sulav chowdhary

काठमाडौं, २५ चैत । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई काठमाण्डौको नक्सालबाट मंगलबार पक्राउ गरेको हो ।

अग्रवालको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्म लिएर बिक्री गरेका थिए ।

आग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो। आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);