धनुषामा अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनुषामा अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

धनुषा । कोरोना भाइरस संक्रमण महामारीको मौका छोपी अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट एक जना सर्जिकल स्टोरका संचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय बिनिता सर्जिकल स्टोरका सञ्चालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका उनले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार उनले १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको अनुशन्धानबाट खुलेको छ ।

शाहलाई प्रहरीले कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार मुद्धा चलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);