जर्मनीद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जर्मनीद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड – १९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा एक सय १२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५ सय थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, तीन करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, चार सय गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ ।

जर्मन सहयोग लिदैँ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताए । उनले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्रीहरु पुग्नेमा विश्वास पनि व्यक्त गरे ।

राजदुत सेफरले इयुले ९० देशहरुमा २४ करोड खोप निकासा गरीसकेको जानकारी दिँदै कम आय भएका देशहरुलाई कम मूल्यमा कोभिड विरुद्धको खोप पु¥याउने प्रतिबद्धता जनाएको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);