स्वास्थ्य चौकी फत्तेपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्वास्थ्य चौकी फत्तेपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका स्थित त्रियुगा सहकारी संस्थाले स्वास्थ्य चौकी फत्तेपुरलाई आवश्यक स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ। स्वास्थ्य चौकी फत्तेपुरको प्रांगणमा भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकी फत्तेपुरलाई १ लख ५६ हजार बराबरको सहयोग गरेको हो।

हस्तान्तरण गरिएको सामग्रीमा अक्सिजन सिलिन्डर ५ थान, इन्भर्टर ब्याट्री २ थान साथै जडान सामग्री रहेको थियो। स्वास्थ्य सामग्री ग्रहण गर्दै स्वास्थ्य चौकी फत्तेपुरका प्रमुख राजकुमार दासले अक्सिनको अभाव भइरहेको बर्तमान परिस्थितिमा गरिएको सहयोग सराहनिय भएको बताए।

यस्तै सहकारी संस्थाले प्रहरी चौकी फत्तेपुर र शसस्त्र प्रहरीलाई क्रमिक रुपमा ५–५ लिटर सेनिटाईजर र ४ बन्डल मास्क प्रदान गरेको थियो। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपस्थित पत्रकारहरुलाई समेत सेनिटाइजर र मास्क प्रदान गरिएको थियो । संस्थाले कुल मिलाएर १ लाख ६१ हजार ४ सय २५ रुपैया बराबरको सामग्री बितरण गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);