पुनर्गठित मन्त्रिपरिषद् सम्बन्धमा सर्वोच्चद्धारा लिखित जवाफ पेश गर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पुनर्गठित मन्त्रिपरिषद् सम्बन्धमा सर्वोच्चद्धारा लिखित जवाफ पेश गर्न आदेश

काठमाडौँ। सरकाद्धारा मन्त्रिपरिषद् पुनर्गठित गरेको विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न माग गरेको छ । मंगलबार पुनर्गठित मन्त्रिपरिषदको विषयमा सर्वोच्चमा परेका रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ पेश गर्न माग गरेको हो।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि निवेदन गरेको हो। सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ ।

मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दे निर्वाचन घोषणा गरेपछि कानून व्यवसायीले असंवैधानिक कदम भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);