मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका ६ रिटमाथिको सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका ६ रिटमाथिको सुनुवाई हुँदै

काठमाडाैँ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद बिस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका ६ रिटमाथिको सुनुवाई आज हुँदैछ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेशबारे निर्णय गर्न विपक्षीहरुको समेत उपस्थितिमा आजका लागि तय गरेको सुनुवाई हुने भएको हो ।

मन्त्रिपरिषद बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले यसअघि जेठ २५ गते मंगलबार यसबारे महान्यायाधिवक्तामार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद बिस्तार गर्न नमिल्ने जिकिरसहित रिट दायर भएको हो ।

त्यसैगरी कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछिको भ्याकेट निवेदनमा पनि मंगलबार नै सुनुवाई हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरि पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।

त्यसविरुद्ध एमालेले भ्याकेट अर्थात अन्तरिम आदेश खारेजीको मागसहितको निवेदनमा सर्वोच्चमा दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);