मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट प्रधानन्यायाधीश राणा र न्यायाधीश ढुंगानाको संयुक्त इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट प्रधानन्यायाधीश राणा र न्यायाधीश ढुंगानाको संयुक्त इजलासमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार प्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट माथि मंगलबार प्रधानन्यायाधीश राणा र न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाई हुन लागेको हो ।

गएको जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा, सितादेवी अधिकारी र वीरेन्द्रप्रसाद शाहले विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाईने भन्दै सर्वोच्च रिट दायर गरेका थिए ।

उनीहरुले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयलाइृ समेत विपक्षी बनाई रिट दायर गरेका थिए ।

गत जेठ २५ गते सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);