न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा प्रधानमन्त्री ओलीको भ्याकेट निवेदन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा प्रधानमन्त्री ओलीको भ्याकेट निवेदन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट निवेदनको पेशी न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परेको छ ।

कर्णाली प्रदेशमा कारबाहीमा परेका चार सांसदको पुनर्बहाली गर्ने सर्वोच्चको आदेश माथि एमालेले दर्ता गराएको भ्याकेट निवेदनमाथि मंगलबार न्यायाधीशद्धय भट्टराई र फुयालको संयुक्त इजलासमा परेको हो ।

कर्णाली प्रदेशमा फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव कुमार नेपाल पक्षका चार सांसदलाई एमालेले कारबाही गरेको थियो । कारबाहीमा परेका चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापा सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्चले उनीहरुलाई केन्द्रीय समितिले कारबाही हुनुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीद्धारा कारबाही भएको भन्दै उनीहरुको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो निर्णय गरेको थियो ।

सर्वोच्चको सोही अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष ओलीले पुनरावलोकन निवेदन दर्ता गराएका थिए । उनले सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);