स्थानीय जनप्रतिनिधिको पदपुनर्बहालीविरुद्धको दाहालको भ्याकेट निवेदन खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

स्थानीय जनप्रतिनिधिको पदपुनर्बहालीविरुद्धको दाहालको भ्याकेट निवेदन खारेज

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम खारेज गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भ्याकेट निवेदन खारेज भएको छ ।

बिहीबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा अध्यक्ष दाहालको भ्याकेट निवेदनहरुमाथि एकमुष्ट सुनुवाइ गर्दै भ्याकेट निवेदन खारेज गरेको हो । अदालतले दाहालले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ ।

माओवादीबाट एमालेमा लागेको भन्दै माओवादी केन्द्रले ती जनप्रतिनिधिहरुलाई कारबाही गर्दै निर्वाचन आयोगमा पदमुक्त गर्न पत्र समेत पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

पदमुक्त गरिएका जनप्रतिनिधिहरु सर्वोच्चमा पुगेपछि सर्वोच्चले उनीहरुको पदपुनर्बहाली गरिदिएको हो । सोही अन्तरिम आदेशको खारेजीको माग गर्दै दाहालले भ्याकेट निवेदन दिएको थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);