प्रदेशसभा सांसद वली कै सहमतिमा मुख्यमन्त्री निवास लगेको भूमिश्वर ढकालले दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

प्रदेशसभा सांसद वली कै सहमतिमा मुख्यमन्त्री निवास लगेको भूमिश्वर ढकालले दाबी

रुपन्देही । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सांसद विमला वलीले आफूमाथि लगाएको आरोपमा गलत भएको स्पष्टिकरण दिएका छन् ।

सांसद वलीले बिहीबार नै पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्रीको शंकर पोखरेलको निवासमा बन्धक बनाएको आरोप लगाएका थिए र ढकालले नै उनलाई जबरजस्ती मुख्यमन्त्री निवासमा लगेको वलीको आरोप थियो । तर ढकालले पनि पत्रकार सम्मेलन आयोजना गरी वलीको आरोप झुठो भएको स्पष्ट पारेका हुन् ।

सांसद वली कै सहमतिमा मुख्यमन्त्री निवासमा लगिएको ढकालले बताए । यसअघि सांसद वलीले आफूलाई नेपालगञ्ज लैजाने नाममा बुटवल ल्याएर बन्धक बनाएको आरोप लगाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);