लुम्बिनी प्रदेशमा दुई सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्राचार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लुम्बिनी प्रदेशमा दुई सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्राचार

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका आफ्ना सांसदहरु अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।

माओवादी केन्द्रका कुलप्रसाद नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री रहेको अजय शाही र सांसद विमला वली खत्रीलाई कारबाही गरी पदमुक्त गर्न एमाललेले मंगलबार सभामुख घर्तीलाई पत्र बुझाएको हो ।

एमाले संसदीय दलको मुख्य सचेतक भुमिश्वर ढकालले एमालेको सूर्य चिन्हबाट निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका हुन् ।

ढकालले भने–‘उहाँहरुले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन बिपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं ।’

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं.१ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।

त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं.३ ख बाट निर्वाचित भएका उत्तर कुमार ओलीको निधन पछि उनकी पत्नी विमला खत्री वली उपनिर्वाचनमा सोही स्थानबाट विजयी भई प्रदेशसभा सदस्य बनेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);