गठबन्धन सरकारमा मन्त्री बनेका सांसद शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण, प्रदेश प्रमुखको भूमिकाप्रति आपत्ति जनाउँदै विज्ञप्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गठबन्धन सरकारमा मन्त्री बनेका सांसद शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण, प्रदेश प्रमुखको भूमिकाप्रति आपत्ति जनाउँदै विज्ञप्ति

बुटवल । नेकपा एमालेले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसदलाई स्पष्टिकरण सोधेको छ ।

एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाहीलाई एमाले स्पष्टिकरण सोधेको हो । गठबन्धनले शंकर पोखरेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको , पार्टीको ह्वीप उल्लघंन गरी विशेष अधिवेशनमा प्रदेशसभामा उपस्थित भएको आदि कारण देखाउँदै कांग्रेसका प्रमुख सचेतक संसदीय दलका नेता भूमिश्वर ढकालले ३ दिन भित्र लिखित जवाफ दिन माग गर्दै सांसद शाहीलाई स्पष्टिकरण पत्र पठाएको हो ।

शाहीलाई सोधिएको स्पष्टिकरण पत्रमा लेखिएको छ–‘‘२०७८ श्रावण २७ गते अंसवैधानिक हिसाबले संविधानको भावना र मर्म विपरीत प्रदेश प्रमुखले प्रदेश सभाको बैठक समावेदन गर्न र त्यसमा प्रदेश सरकार मुख्यमन्त्री मा.शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्तव टेबुल गर्ने बैठकमा अनुपस्थित हुन दलको निर्णय ह्वीप उल्लंघन गरी बैठकमा किन भाग लिनु भयो?सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्ष्र गर्नुभयो ? तपाईका यस्ता गतिविधिले दल र पार्टीको शिर निहु-याउने काम भएको ।

त्यस कारण हाम्रो संसदीय दल विधानको परिच्छेद–५ को धारा २१ को उपधारा क,ख, छ र ङ बमोजिम तपाइलाई किन कारबाही नगर्दै? यसको चित्त बुझ्दो जवाफ ३ दिन भित्र तपाई आफै दलको कार्यालयमा उपस्थित भै दिनु होला । अन्यथा कारबाही प्रक्रिया अगाडि बढाईने छ ।’’

यसका साथै सांसद शाहीलाई कुलप्रसाद केसी नेतृत्वको सरकारमा मन्त्री नियुक्त गरी सपथ ग्रहण गराएपछि एमालेको लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले आपत्ति जनाएका छन् ।

गिरीले बिहीबार नै विज्ञप्ति जारी गर्दै शाहीलाई मन्त्रीमा नियुक्र गरेर सपथ ग्रहण गराई गैरसंवैधानिक र गैरसंसदीय बाटोमा प्रदेश प्रमुखले आफ्नो भूमिका निर्वाह गरेको भन्दै आपत्ति जनाएको हो ।

शाही केसी नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);