एमालेमा फर्किन दबाव दिँदै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको सांसद विमला वलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेमा फर्किन दबाव दिँदै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको सांसद विमला वलीको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको आरोप लगाएकी छन् ।

पछिल्लो केही दिन यता सार्वजनिक नभएकी प्रदेशसभा सांसद वलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएकी हुन् ।

नेकपाबाट निर्वाचित भएकी सांसद वलीले नेकपा विभाजनपछि माओवादी केन्द्रमा लागेकी वलीलाई मुख्यमन्त्री लगायतका एमाले नेताहरुले एमालेमा फर्कन दबाव दिँदै बन्धक बनाएको जानकारी दिएकी हुन् ।

उनलाई साउन १५ गतेबाट मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको र २० गते आफू उम्किन सफल भएको उनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले आफू माओवादी केन्द्र मै रहेको बताएकी छन् ।

साउन १८ गते विज्ञप्ति तयार गरी आफूलाई पढ्न समेत नदिई जबरजस्ती हस्ताक्षर गरिएको उनको दाबी छ । उनको विज्ञप्तिमा उल्लेख छ–‘‘ साउन १६, १७,१८ सम्म मुख्यमन्त्र निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइरह्यो, मैले इन्कारी जारी राखिरहेँ । साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्न नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुइ तीनवटा माइनट जस्ता रिजष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो । यति घटना गराइसकेपछि अव मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएं, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो । ’’

उनले आफूलाई असह्य मानसिक पीडा भएपछि मुख्यमन्त्री निवासबाट भागरे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेको बताईन् । ‘‘२० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समयर र परिस्थिती हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे । दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगें, जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसार पुगेको अनुभूति गरें ।’’

उनले आफ्नो नामबाट नेकपा एमाले लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको जानकारी पनि गराएकी छन् । साउन १८ गते सांसद वलीको नाममा विज्ञप्ति जारी भएको थियो । जसमा उनी एमालेमा नै फर्किएको उल्लेख गरेकी थिइन् ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत पाउनका लागि सांसद पु¥याउनका लागि सांसदलाइ आफ्नो पार्टीमा फर्काउन प्रयास भईरहेको विश्लेषण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);