प्रधानमन्त्री ओलीको भ्याकेट निवेदनमा कर्णाली प्रदेशका ४ सांसदलाई बोलाउन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको भ्याकेट निवेदनमा कर्णाली प्रदेशका ४ सांसदलाई बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च आदलतले दुबै पक्षलाई बोलाउन आदेश दिएको छ ।

कर्णाली प्रदेशमा कारबाहीमा परेका चार सांसदको पुनर्बहाली गर्ने सर्वोच्चको आदेश माथि एमालेले दर्ता गराएको भ्याकेट निवेदनमाथि मंगलबार न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले सुनुवाई गर्दै ४ सांसदलाई पनि बोलाउन आदेश दिएको हो ।

कर्णाली प्रदेशमा फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव कुमार नेपाल पक्षका चार सांसदलाई एमालेले कारबाही गरेको थियो । कारबाहीमा परेका चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापा सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उनीहरुलाई केन्द्रीय समितिले कारबाही हुनुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीद्धारा कारबाही भएको भन्दै उनीहरुको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो निर्णय गरेको थियो । सोही अन्तरिम निर्णय खारेजीको माग गर्दे प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले भ्याकेट अर्थात पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले आज रिट निवेदकका साथै ती चार सांसदलाई पनि सूचना दिने आदेश दिएको हो । ती सांसदहरुलाई पुनर्बहालीको निर्णय पछि प्रधानमन्त्रीले भ्याकेट दर्ता गराएपछि ४ सांसद रिट निवेदक रहेको मुद्दामा उनीहरुलाई सूचना दिनुपर्ने नियमित प्रक्रियाअनुसार यस्तो आदेश जारी गरिएको हो ।

प्रधानमन्त्रीले सर्वोच्चले सांसद पुनर्बहालीको आदेश एकतर्फी सुनुवाईका आधारमा दिएको र एमालेको केन्द्रीय कमिटीलाई नै दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा परिणत गरेकाले एमालेले चार सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन भ्याकेटमा माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);