सर्वोच्चले बदर गर्‍यो प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार (पदमुक्त भएका मन्त्रीहरुको नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सर्वोच्चले बदर गर्‍यो प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार (पदमुक्त भएका मन्त्रीहरुको नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गरिएको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्चले बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार प्रसाद ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको हो ।

यो निर्णयसँगै प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद्मा सहभागी भएका २० मन्त्री पदमुक्त भएका छन् ।

गएको जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा, सितादेवी अधिकारी र वीरेन्द्रप्रसाद शाहले विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाईने भन्दै सर्वोच्च रिट दायर गरेका थिए । उनीहरुले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयलाइृ समेत विपक्षी बनाई रिट दायर गरेका थिए ।

गत जेठ २५ गते सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

आजको निर्णयले भने विस्तारित मन्त्रिमण्डल नै बदर गर्दै मन्त्रीहरुलाई पदमुक्त गरिदिएको हो ।

पद गुमाएका मन्त्रीहरुको नामावली

उपप्रधानमन्त्री –राजेन्द्र महतो
उपप्रधानमन्त्री –रघुवीर महासेठ
गृहमन्त्री –खगराज अधिकारी
ऊर्जा, जलस्रोत तथा सिंचाई –शरतसिंह भण्डारी
खानेपानी मन्त्री –अनिल कुमार झा
स्वास्थ्य मन्त्री –शेर बहादुर तामाङ
उद्योग, वाणिज्य तथा आपूर्ति –राजकिशोर यादव
सञ्चार तथा सूचना प्रविधि– नैनकला थापा
युवा तथा खेलकूद –एकवाल मिँया
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण –लक्ष्मणलाल कर्ण
कृषि तथा पशुपन्छी विकास – ज्वालाकुमारी साह
वन तथा वातावरण– नारदमुनि राना
श्रम रोजगार तथा सामाजिक सुरक्षा –विमल प्रसाद श्रीवास्तव
संस्कृति पर्यटन तथा नागरिक उड्डयन –उमाशंकर अगरिया
महिला बालबालिका तथा जेष्ठ नागरिक –चन्दा चौधरी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमा –गणेशकुमार पहाडी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय –मोहन बानिँया
वन तथा वातावारण मन्त्रालयका राज्यमन्त्री – आशाकुमारी विकलाई

राज्यमन्त्री – चन्द्रकान्त चौधरी.

राज्यमन्त्री – रेणुका गुरुङ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);