चार मन्त्रीलाई २० मन्त्रालय ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चार मन्त्रीलाई २० मन्त्रालय !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयहरुको जिम्मेवारी हाल मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीहरुलाई नै दिएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर अन्य मन्त्रालयहरु ४ मन्त्रीहरुलाई सुम्पिएका छन् । यसरी वाँडफाँड हुँदा एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले उपप्रधान र गृह सहित उद्याग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाएका छन् ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलाइ कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गएको मंगलबार सर्वोच्चले २० मन्त्रीहरु पदमुक्त हुने अन्तरिम आदेश दिएको थियो । विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाईने भन्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सो मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने अन्तरिम आदेश दिएको थियो । सो आदेश पछि १७ मन्त्री तथा ३ राज्यमन्त्रीहरु पद मुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);