राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा २० पदाधिकारीलाई संवैधानिक निकायमा नियुक्त गरेकी छन् ।

बिहीबार राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा गरी २० जना पदाधिकारीहरु नियुक्त गरेकी हुन् ।

अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त भएका छन् । निर्वाचन आयोगमा सगुन शम्शेर जबरा आयुक्तको रुपमा नियुक्त भएका छन् ।

नियुक्ति भएका उनीहरु संसदीय सुनुवाइ बिना नै नियुक्त भएका हुन् । सिफारिस भएको ४५ दिनसम्म पनि संसदीय सुनुवाई हुन नकसे ४५ दिनपछि स्वतः नियुक्त गर्न सकिने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);