राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, फेरि ल्याइयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, फेरि ल्याइयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलगायत ७ वटा अध्यादेश जारी गरेकी छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी हुन् ।
भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यी अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत यौन हिंसाविरुद्ध केही ऐन संशोधन, फौजदारी कसुर तथा फौजदारी कार्यविधि, औषधि (तेस्रो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश तथा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

यीमध्ये संवैधानिक परिषद सम्बन्धी अध्यदेश सरकारले गत मंसिरमा पनि ल्याएको थियो । र अध्यादेश ल्याए सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);