‘हाम्रो देश राम्रो अध्यादेश’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘हाम्रो देश राम्रो अध्यादेश’

काठमाडौं । ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखेको प्लेकार्ड बोकेर शुुक्रबार केहि प्रदर्शनकारीहरु माइतिघरमा जम्मा भएका छन् ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राख्दै उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);