तेजाव प्रयोग र आयातमा गृह मन्त्रालयले थाल्यो नियन्त्रण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तेजाव प्रयोग र आयातमा गृह मन्त्रालयले थाल्यो नियन्त्रण

acid attack

काठमाडौं,२२ चैत । तेजाव तथा घातक रसायन प्रयोग हुने उद्योगहरुले आफूलाई कति परिमाणमा चाहिने हो त्यसको विवरण सरकारलाई दिनुपर्ने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरेर विवरण माग गरेको हो । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ आयात गर्दा पूर्व स्वीकृति लिन अनुरोध गरेको छ ।

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ निमयन अध्यादेश अनुसार सो सूचना जारी गरिएको हो । प्रतिनिधि सभाको पहिलो वैठकमा पेस हुन नपाएको सो अध्यादेश अहिले कानुनका रुपमा लागू भइरहेको छ ।

सो अध्यादेशमा तेजाब तथा घातक रसायन प्रयोग उद्योगले मात्र आयात गर्न पाउने व्यवस्था गरिएको छ । तेजाव तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, ओसारपसार, विक्रि वितरण गर्ने कार्यलाई व्यवस्थित गर्न सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश गत असोज १२ मा जारी गरेको थियो । सो अध्यादेश अनुसारको नियमावली पनि बनाइ सकिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्ता घातक रासायनिक पदार्थको आवश्यक पर्ने उद्योगी वा व्यवसायीले आवश्यक पर्ने रासायनिक पदार्थको नाम, रसायनको संकेत, आवश्यक पर्ने वार्षिक परिमाण समेत उल्लेख गरी सात दिनभित्र निवेदन पेश गर्न मन्त्रालयले भनेको छ । पछिल्लो समय एसिड आक्रमणका घटनाहरु बढेसँगै त्यसता घटना नियन्त्रणका लागि सरकारले यस्तो अध्यादेश ल्याएको हो ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);