तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा कडाइ

काठमाडौं, २३ चैत। सरकारले औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा कडाइ गरेको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ नियमन नियमावली २०७७ स्वीकृत भएसँगै कानूनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाइ गर्न थालिएको हो ।

यसअघि फितलो कानूनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला बिक्री वितरण हुँदा अध्यादेश मार्फत कडा कानूनी व्यवस्थासहित त्यसलाई लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, प्रयोग तथा विसर्जन कार्यलाई नियमनका लागि उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कानुनबमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);