डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

काठमाडौं, २२ चैत । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा लिने तर त्यसको महसुल भुक्तानी नगर्ने उद्योगीबाट एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

१० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको आइतबारको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए । यसअघि समिति सदस्य मिनेन्द्र रिजालको संयोजकत्वमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरिएको थियो ।

सोही उपसमितिको प्रतिवेदनको सुझाव अनुसार समितिले उक्त निर्णय लिएको हो । बैठकमा बोल्दै सांसदहरुले प्राधिकरणबाट विशेष सुविधा उपभोग गरेबापत भुक्तानी नगरेकाहरुलाई कारबाही गर्नु पर्ने, समिमिले आफ्नो निर्देशन कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);