राष्ट्रपति भण्डारीद्वारा चार अध्यादेश प्रमाणिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा चार अध्यादेश प्रमाणिकरण

bidhya_devi_bhandari

काठमाडौं, १३ वैशाख । राष्ट्रपति विद्या भण्डारीले चिकित्सा शिक्षासहित चार अध्यादेश प्रमाणित गरेकी छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।

संविधानको धारा १ सय १४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेका चार अध्यादेश राष्ट्रपतिबाट प्रमाणित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश जारी भएसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव नियुक्ति गर्न बाटो खुलेको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाल सिफारिस गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);