आजदेखि बजेट अधिवेशन: आज ४ अध्यादेश पेस हुने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, २३ बैशाख । संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको आइतबार पहिलो बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना छ । राष्ट्रपतिले दुई साताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गरेकी थिइन् ।

संसद् सचिवालयका अनुसार चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसद्मा दर्ता भइसकेको छ । अरू दुई अध्यादेश आइतबार बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस हुने सचिवालयले जनाएको छ । जेठ पहिलो सातासम्म नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने कार्यसूची छ । जेठ १५ मा बजेट प्रस्तुत हुनेछ । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);