सुन तस्करीले फस्टायो हुन्डी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुन तस्करीले फस्टायो हुन्डी

gold

काठमाडौं, २३ बैशाख । साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ ।

त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेशणको कमी आउने, नगद डलरको अभाव हुने, अर्थतन्त्र असन्तुलित हुने तथ्य पनि समेटिएको छ । सुन तस्करहरुले हुन्डी कारोबार गर्ने हुनाले बजारमा भएको नगद विदेशी मुद्रा जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणालीमार्फत विदेश पुर्याउनाले देशमा विदेशी मुद्राको अभाव हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा रेमिट्यान्सको ४० प्रतिशत हिस्सा हुन्डीबाट आउने र त्यो रकम सुन खरिदमा प्रयोग भएको बताइएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);