अर्जेन्टिनामा ब्याजदर ४० प्रतिशत, यस्तो छ समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अर्जेन्टिनामा ब्याजदर ४० प्रतिशत, यस्तो छ समस्या

bank argentina

काठमाडौं, २३ बैशाख । अर्जेन्टिनाको केन्द्रीय बैंकले आठ दिनमा तेस्रो पटक ब्याजदर बढाउँदै ४० प्रतिशत पुर्याएको छ ।

अर्जेन्टिनाको मुद्रा पेसो अवमूल्यन भएको भन्दै त्यहाँको बैंकले ब्याजदर बढाउने रणनीति अपनाएको हो । पछिल्ला बर्षमा यहाँ ब्याजदर लगातार बढिरहेको छ । एक साताअघि ब्याजदर २७.२५ प्रतिशत थियो । अर्जेन्टिनाको मुद्रा पेसोले एक बर्षमा डलरसँग एक चौथाइ भाउ गुमाएको छ । विज्ञहरुले अर्जेन्टिनाको यो समस्या बढ्दो रहेको र अझै केही समय जारी रहने बताएका छन् । कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);