राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो

काठमाडौं, २९ साउन । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो कर्जाको ब्याजदर कायम गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएको कारण समग्रमा ब्याजदर पनि सबैभन्दा सस्तो भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनु भएको हो ।

श्रेष्ठले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धि राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको दावी गर्नुभयो । उहाँले ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको बताउनुभयो ।

कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दवाव हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको श्रेष्ठको भनाइ छ । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);