कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १० माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराउनु भएको हो ।

उहाँले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चाँसो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘कर्जा र जिडिपीको अनुपात पनि ८० प्रतिशत नाघ्न थाल्यो या त कर्जा धेरै छिटो बढीरहेको छ या त जिडिपी अली सोचेजस्तो वृद्धि भएको छैन्’

उहाँले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताउनुभयो । तरपनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कुल गार्हस्थ उत्पादन बढाउनेतर्फ बैंकहरु लाग्न प-यो कर्जाको आयतन बढाएर अब हामीले उत्पादन बढाउन सकेनौं भने यस्तो दिन आउँछ जुन दिन हामीले पहिला पहिला क्रेडिट सिलिङ लगाउने गर्थ्यौ ।’

ब्याजदरमा ध्यान दिन पनि आग्रह

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले दिर्घकालिन रुपमा ठूला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताउनुभयो । उहाँले बैंकहरु सुरक्षित हुने र व्यवसाय धारापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यैपनि सुरक्षित हुन नसक्ने बताउनुभयो

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।

उहाँले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिनुभयो ।

उहाँले बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिनुभयो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);