कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन कांग्रेसको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन कांग्रेसको सुझाव

nepali congress

काठमाडौं, १ साउन । नेपाली कांग्रेसले कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन सरकारलाई सुझाव दिएको छ ।

बिहीबार कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री राम शरण महतले कोरोनाबाट पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना व्यवसाय, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा ठूलो क्षति भएकाले ती क्षेत्रहरुलाई अर्थिक राहत दिने गरी नीति ल्याउन सरकारलाई सुझाव दिनु भएको हो ।

यसैगरि नेपाली कांग्रेसले बैंकहरु गाँभ्न सजिलो हुनेगरी कम्तिमा २ वर्षसम्म मौजुदा नाफामा भारी छुट दिदै बाध्यात्मक नभई स्वाभाविक उत्पेरणा दिने गरी नीति ल्याउन पनि सुझाव दिएको छ । विप्रेषण आप्रवाहलाई प्रोत्साहन गर्न डिजिटल रेमिटलाई प्रोत्साहन गर्ने तथा अनौपचारिक आयात र अनौपचारिक विप्रेषणका आप्रवाहलाई हतोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने कांग्रेसको सुझाव छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट धितोपत्रको सुरक्षणमा जारी गरिने मार्जिन लेन्डिंगको विद्यमान सीमा बढाउने, खराब कर्जा बढेर वित्तीय स्थिरतामा जोखिम आउन सक्ने पनि कांग्रेसले औंल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);