नेकपाको बैठक सम्पन्न, चुनावी घोषणपत्रलाई ध्यान दिन सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपाको बैठक सम्पन्न, चुनावी घोषणपत्रलाई ध्यान दिन सरकारलाई सुझाव

narayankaji shreshtha

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो । सरकारले यही बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने तयारी गरेको छ । सोही नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनका बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

संघीय संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ । त्यसपछि सरकारले सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);