माओवादी केन्द्रले चुनावी घोषणापत्र कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माओवादी केन्द्रले चुनावी घोषणापत्र कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव

maobadi

काठमाडौं, २५ बैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको छ ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकमा बोलेका सांसद्हरुले आम जनताले चुनावी नारामा विश्वास गरेर नेकपा एमाले र आफ्नो पार्टीलाई बहुमत दिएको भन्दै नीति तथा कार्यक्रम र बजेटले चुनावी नारालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । उनीहरुले आर्थिक समृद्धिलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले सांसद्हरुले दिएका सुझावबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);