पुनर्बहाली भएका ज्वाला सहित कर्णाली प्रदेशको संसदीय दलको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पुनर्बहाली भएका ज्वाला सहित कर्णाली प्रदेशको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक जारी छ । जारी बैठकमा पुनर्बहाली भएका४ सांसदमध्ये प्रकाश ज्वाला उपस्थित भएका छन् भने कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा उपस्थित भएका छैनन् । यी ३ जना माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा मन्त्री छन् ।

गएको बैशाखमा एमालेका यी चार सांसदहरुले फ्लोर क्रस गरेर कर्णाली मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सो पछि कर्णाली प्रदेश एमाले संसदीय दलले ती सांसदहरुलाई कारबाही गरी सांसद पद खोसेको थियो । तर सर्वोच्चले उनीहरुलाई पुनर्बहाली गरेको हो ।

यसअघि यी चारै सांसदले प्रदेशको संसदीय दलको बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

कर्णाली प्रदेशमा आज नै नीति तथा कार्यक्रम पास गरी आजै बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);